राजेश मोनिकासंग ‘खेताला’ लाग्न गए पछि हलमै बवाल

नेपाली कथानक चलचित्र ‘खेताला’को यतिबेला बजारमा राम्रै हल्ली खल्ली छ । फिल्मी बजारमा पछिल्लो समय यसको कथा बस्तुको बिषयमा चर्चा सुरु भएको हो ।



शिव घिमिरे निर्देशित ‘खेताला’मा श्रीमान् बिदेश भएका आईमाइहरुको सेक्स लत फिल्मको बिषय बस्तु हो । फिल्ममा श्रीमान् भन्दा टाढा रहेका आईमाईहरुमा सेक्स लत लागेपछि कसरी बिग्रन्छन् भनेर देखाउन खोजिएको छ ।

उत्तरगया फिल्मस्को व्यानरमा बनेको उक्त फिल्म ‘खेताला’को प्रस्तुतकर्ता रामभक्त श्रेष्ठ हुन भने फिल्ममा राजेश ढुङ्गाना, पुस्कर रेग्मी र मोनिका दाहाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । हिजोदेखी प्रदशनमा आएको फिल्म ‘खेताला’को व्यापार सन्तोषजनक रहेको निमार्ण पक्षले जनाएको छ ।

0 comments

Write Down Your Responses