यौन सम्पर्क(सम्भोग) मा आनन्द लिने सुत्रहरु पढ्नुस सुखी जीवन बिताउनुस ...

सम्भोग सम्पूर्ण प्राणीहरुको निम्ति अनवरत सृष्टिलाई चालु राख्न सन्तानोत्पादनका निम्ति प्राकृतिक प्रक्रिया हो तर मानव समुदाय सम्भोगलाई यतिमै सीमित राख्न चाहँदैन ।

 मानव आज पर्यन्तको सृष्टिको सर्वशक्ति जागरुक तथा चेतनशील भएको नाताले सम्भोगमा ऊ अत्यन्त सन्तुष्टि र आनन्द समाविष्ट गर्न चाहन्छ र मानव जातिको सर्वोत्कृष्टको आधारमा भन्ने हो भने यो स्वाभाविक पनि छ ।

 सम्भोग मात्रै त पशुपंक्षी, कीटपतङ्ग पनि गर्छन्, सन्तान उत्पादन मात्रै त जीवित घाँस, विरुवाले पनि गर्छन् । तर सम्भोगमा अनुपम आनन्द, दुई पक्षीय सन्तुष्टि, मानसिक तथा भावनात्मक मिलन त अधिकांश मानव मात्रको नैसर्गिक अधिकार भने पनि हुन्छ ।
    
                      यस सम्भोग शिक्षाको शुरुवात यस आधुनिक युगमा मात्रै भएको होइन, परापूर्वकालदेखि निर्मित भएका मन्दिर टुँडालहरुमा पनि सम्भोगलाई जीवित तुल्याउने उद्देश्यहरु देख्न
पाइन्छ ।

 त्यसैले यस सम्भोगलाई आधारिक आनन्दमयी तथा सफल कसरी बनाउने् यस विषयमा चर्चा गर्नु आवश्यक छ । कतिपय हृष्टपुष्ट व्यक्तिमा भएको सम्भोग क्रियाको असमर्थताले यसलाई झूटो सावित गरिएको छ । दुब्लो, पातलो व्यक्ति पनि राम्रोसँग सम्भोग सुख प्राप्त गर्न सक्छ अर्थात् समागममा शारीरिक गठनलाई त्यति महत्व दिइँदैन जति उसको मानसिक सक्षमतालाई लिइन्छ । कतै कतै लिङ्ग समागममा शारीरिक गठनलाई त्यति महत्व दिइँदैन, जति उसको मानसिक सक्षमतालाई लिइन्छ ।
    
                   कतै कतै लिङ्गको आकारलाई लिएर तथा कतै योनीको आकारलाई लिएर पनि मनमा भ्रान्ति बोकेर रहेका युवा जमात पाइन्छ । तर सम्भोगमा दृढ आत्मविश्वास छ भने शारीरिक बनोट गौण बनी सक्षम यौनक्रिया गर्न सकिन्छ ।

 कतिपय शरीरको आकार अति बेढङ्ग भएका छन् भने आसन बदलेर सम्भोग गरेमा चरमसुख प्राप्त गर्न सकिन्छ । पति पत्नीमा आपसी सद्भाव सेक्सको सफलताको निम्ति एक शक्ति आत्मिक आधार हो । जो पति पत्नीमा एक अर्काको भावना बुझ्न सक्ने सामथ्र्य छ, उनीहरु सेक्स क्रियामा सन्तुष्ट हुन सक्छन् ।


वैवाहिक जीवनको मूलआधार विश्वास नै हो । काम भए शारीरिक सन्तुष्टिको पर्याय हो जुन वैवाहिक जीवनबाट मुक्त हुन्छ । वैवाहिक जीवनका कल्पना पुरुष सेक्ससँग मात्र सम्बन्धित भएर गर्दैन ऊ आफ्नो नजिककी प्रियासँग सुख दुःखका साथै त्यसमा धुर मिलनको बेलामा आपसी अनुभवका कुराहरु आपसमा बाँड्न चाहन्छ भने स्त्री पनि यही चाहन्छे ।
          
                                 यही विश्वासमा हुर्केको आत्मिक आकर्षण सेक्सको लागि सफल कारकतत्व हो । विश्वास विनाको रति साँचो अर्थको सम्भोग नभएर दुई देहको मिलन मात्र हो । शारीरिक बाह्य आवरण तथा दुर्गन्धित शरीरप्रति सचेतना आकर्षण कायम राख्न सौन्दर्यताप्रति सजग हुनु आवश्यक छ ।

 प्रत्येक व्यक्ति आफू सुन्दर देखिन बल गर्छ । त्यसको फलस्वरुप ऊ सुन्दरताको प्रतिदान चाहन्छ । आत्मिक सुन्दरताको साथमा दैविक सुन्दरता मानवीय भावना हो । त्यसैले सुन्दरता पनि सेक्स उत्तेजनामा सहायक हुन्छ । अझ भन्ने हो भने युवा तथा युवतीमा प्रथम आकर्षण बाह्य सुन्दरताले नै पार्दछ ।

 त्यसमा पनि स्त्री जाति त सौन्दर्य विना अधुरो नै हुन्छन् । उनीहरुको शरीरको प्रत्येक अङ्गमा सुन्दरताको खोजी हुन्छ । सम्भोग तथा त्यो अवस्था हो, जहाँ दुई स्त्री पुरुषबीच सम्पूर्ण दोहोरो धड्कनको निकटता तथा अँगालोको बन्धनका कारण यो समय दुई ज्यान एक भएको समय जस्तै हो । यस बेलामा भए अर्काप्रति अनपेक्षित दुर्गन्धको प्रक्षेपण भएमा सम्पूर्ण सामीप्यतालाई तत्काल दुरीमा बद्लिदिन्छ ।
                        
                            कामकलामा विशेषज्ञ भए पनि यसप्रति असफलताको प्रमुख कारण श्वासको दुर्गन्ध देखा पर्दछ । यसको लागि चाँडो उपचार गर्नु नै असल हुन्छ । सेक्स प्रक्रिया शुरु हुनु अघि सुगन्धित पदार्थले दुर्गन्धित बनाउन आवश्यक हुन्छ । सामीप्य विना सेक्स हुँदैन र दुर्गन्धले दूरी बढाउँछ । त्यसैले यस विषयमा ध्यान पु याई सम्भोगप्रति आकर्षण बढाएमा स्त्रीपुरुषबीच सम्बन्ध गहिरो बन्ने छ ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस्: 

0 comments

Write Down Your Responses