ओबामा अमेरिकाका सबैभन्दा नराम्रो राष्ट्रपति !

 १८ असार, वासिङटन । अमेरिकामा गरिएको सर्वेक्षणमा राष्ट्रपति बाराक ओबामा दोस्रो विश्वयुद्ध पछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीको शीर्ष स्थानमा परेका छन् ।

किनिपियाक विश्वविद्यालयले गरेको सर्वैक्षणमा भाग लिने व्यक्तिमध्ये ३३ प्रतिशतले राष्ट्रपति ओबामा गत ७० वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन् । अट्ठाइस प्रतिशतले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसलाई यस्तो अवस्थामा हेरेका छन् ।

सर्वेक्षणमा भाग लिने ३५ प्रतिशतले सन् १९८१ देखि १९८९ सम्म शासन गर्ने रिपब्लिकन पार्टीका राष्ट्रपति रोनाल्ड रेगनलाई सन् १९४५ पछिको सबैभन्दा राम्रो राष्ट्रपतिको रूपमा हेरेका छन् ।
१८ प्रतिशतले बिल क्लिन्टनलाई छनौट गरेका छन् । १५ प्रतिशतले भने जोन एफ केनेडी सबैभन्दा राम्रो राष्ट्रपति भएको बताएका छन् ।

किनिपियाकको सर्वेक्षणका सहायक निर्देशक टिम मालोयले ६९ वर्षको अमेरिकी इतिहासमा १२ जना राष्ट्रपति भएको र राष्ट्रपति बाराक ओबामा तथा राष्ट्रपति जर्ज डब्लु बुस सबैभन्दा नराम्रो राष्ट्रपतिको रूपमा देखा परेको बताए । सर्वेक्षणमा भाग लिने ४५ प्रतिशतले सन् २०१२ को निर्वाचनमा मिट रोम्नीले विजय हासिल गरेको भए अमेरिका राम्रो हुन्थ्यो भन्ने धारणा व्यक्त गरेकाध छन् । 

0 comments

Write Down Your Responses