कक्षा १२ को परीक्षाफल प्रकाशित, ३८.६३ प्रतिशत विद्यार्थी उत्तिर्ण

९ असोज, भक्तपुर । उच्चमाध्यामिक शिक्षा परिषदले कक्षा १२ को ब्यबस्थापन, मानविकी र शिक्षा संकायको नजिता बुधवार अपरान्ह प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ३८ दशमलब ६३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने आंशिकतर्फ ३१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक दर्गा अर्यालले जानकारी दिनुभयो ।
नियमिततर्फ २ लाख ८ हजार ७ सय १ जना परिक्षार्थी सहभागी भएकोमा ८० हजार ६ सय २० जना उत्तिर्ण भएका छन् । यसैगरी आंशिक तर्फ १ लाख ३७ हजार ५ सय १२ परीक्षार्थी सहभागी भएकोमा ४२ हजार ५ सय ३८ जनाले उत्तिण भएका छन् । परीक्षा उच्चमाध्यामिक शिक्षा परिषदको वेवसाइट www.hseb.edu.np वा www.hseb.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

0 comments

Write Down Your Responses