विश्वकप २०१४ का पाँच कीर्तिमान

रियो दि जेनेरियो, असार १९ - इतिहासमै अहिलेको जस्तो रोमाञ्चक विश्वकप २०१४ जस्तो अरू थिएन भन्ने धेरै छन् । तथ्यांक केलाउँदा पनि प्रस्ट हुन्छ, यसपल्टको विश्वकप केही विशेष छ । यसपल्टको विश्वकपमा केही फरक खाले कीर्तिमान बनेका छन् । पाँच विशेष र फरक कीर्तिमान यस्ता छन्-

सामाजिक सञ्जालमा लोकपि्रय यसपल्टको विश्वकप ज्यादै लोकपि्रय सावित भयो । टि्वटर र फेसबुकमा कीर्तिमानी संख्यामा टिप्पणी गरियो । ब्राजिलले चिलीलाई पेनाल्टीमा पराजित गर्दा कीर्तिमान १ करोड ६४ लाख टि्वट भए । त्यसमध्ये चार लाखको हाराहारीमा टि्वट नाटकीय पेनाल्टीका बेला थियो, जतिबेला चिलीका गोन्जालो जारा निर्णायक पेनाल्टीमा चुके । यस्तोमा टि्वटरको इतिहासमा यो एकै घटनालाई लिएर भएको सबैभन्दा बढी टि्वट रह्यो । यसअघि सन् २०१४ का सुपरबल र सन् २०१२ को अमेरिकी चुनावका लागि कीर्तिमान टि्वट भएका थिए । फेसबुकमा पनि यसको दसवर्षे इतिहासमा पहिलोपल्ट एक अर्ब टिप्पणी लेखिएका छन्, विश्वकप २०१४ लाई लिएर ।

गोलको वर्षा

गोललाई आधार मान्ने हो भने यसपल्टको विश्वकप जस्तो रोमाञ्चक अरू कमै छन् । समूह चरणमै कीर्तिमान १ सय ३६ गोल भए । यो सन् २००२ को जापान र दक्षिण कोरियामा भएको विश्वकपभन्दा छ बढी थियो, जुन त्यतिबेला कीर्तिमान थियो । फ्रान्सका पउल बोग्बाले नाइजेरियाविरुद्ध गरेको गोल यसपल्टको विश्वकपको १ सय ४६ औं थियो । यो सन् २०१० मा दक्षिण  अफ्रिकामा भएको विश्वकपको समग्र गोलभन्दा एक बढी थियो । विश्वकपले ६४ खेलको ढाँचा चार वर्ष अगाडि अँगाल्दा सबैभन्दा कम गोल भएको थियो ।

मोन्ड्रागनले उछिने मिल्लालाई

यसपल्टको विश्वकप कोलम्बियाका लागि खुबै सुहाएको छ । उसले अहिलेसम्म खेलेका सबै चार खेल जितेको छ । नतिजा कोलम्बिया अहिले विश्वकपमा आफ्नो सबैभन्दा राम्रो प्रदर्शनबाट गुजि्ररहेको छ र पहिलोपल्ट नै क्वाटरफाइनल पुग्न सफल रहेको छ । यसै क्रममा कोलम्बियाका गोलरक्षक फारयड मोन्ड्रागनले उमेरमा नयाँ कीर्तिमान बनाए । उनी ४३ वर्षमा पनि विश्वकप खेलिरहेका छन् र यसक्रममा उनले क्यामरुनका रोजर मिल्लालाई उछिने । सन् १९९४ मा मिल्लाले विश्वकप खेल्दा उनी ४२ वर्षका थिए । मोन्ड्रागन जापानविरुद्ध प्राप्त ४-१ जितमा सब्सिटच्युट गोलरक्षकका रूपमा मैदानमा छिरेका थिए र उनी सन् २००५ यता पहिलोपल्ट आफ्नो देशका लागि खेलिरहेका थिए ।

पापास्टाथोपोलोसदेखि जोसम्म

कोस्टारिकाको हातबाट पेनाल्टी सुटआउटमा पराजित हुँदै गि्रस प्रतियोगिताबाट बाहिरिसकेको छ, तर उसका एक खेलाडीले भने विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । गोल गर्ने खेलाडीमध्ये सबैभन्दा लामो नाम भएको खेलाडीका रूपमा । कोस्टारिकाविरुद्ध निर्धारित समयमा गरेको उनको गोलले खेल अतिरिक्त समयमा गएको थियो र उनी थिए, सोक्राटिस पापास्टाथोपोलोस । यसपल्ट विश्वकपमा सबैभन्दा छोटो नाम भएका खेलाडीले पनि खेले, ब्राजिलका जोले ।

सफल अफ्रिकी जियान

घानाका लागि यसपल्टको विश्वकप सुखद रहेन, उल्टै विवादमा बढी अल्भिmयो । तर यही ब्ल्याक स्टार्सका एक खेलाडी भने अफ्रिकी फुटबल इतिहासमा एक स्तम्भ बने । आसामोह जियान विश्वकपमा  अफ्रिका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले पोर्चुगलविरुद्ध बेहोरेको २-१ हारमा आफ्नो टिमका लागि गोल गरेका थिए र यससँगै उनको गोल ६ पुगेको छ । उनले जर्मनीविरुद्ध खेलमा पनि एक गोल गरेका थिए । यसअघि क्यामरुनी रोजर मिल्लाकै नाममा कीर्तिमान गोल थियो, पाँच ।

- बीबीसी

,

0 comments

Write Down Your Responses