किन रोए केकी र सुवास ? (भिडियोसहित)

काठमाडौं, आषाढ १९ । सच्चा माया कहिले मेटिन्न । कहींकतै केटा र केटी बीचको माया प्रेम पनि यतिधेरै झाँगिन्छ की जसलाई मेट्न सक्दै सक्दैनन् । यहाँ एउटा गीतको शब्द, संगीत र म्यूजिक भिडियोले यस्तै एउटा जोडीको मायालाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ ।
मायाको गहिरो घाउँलाई समयले पुर्न नसकेको यथार्थ गीतले प्रष्टाएको छ । संवादसहितको भिडियोमा मोडेल केकी अधिकारी र सुवास थापाको अभिनय हेरेपछि दर्शकलाई आँशु थाम्न मुस्किल पर्छ ।
गायक सुरजकुमार थापाको ‘चिनारी’ एल्बममा समेटिएको ‘गहिरो घाउ..’ बोलको गीतलाई निर्देशक सुरज श्रेष्ठले फरक ढंगबाट निर्देशन गरेर दर्शकमाझ पस्किएका छन् । सावित्रा राउतको शब्दलाई किरण कँडेलले संगीत भरेको गीतलाई सुरजकुमार थापाले स्वर दिएर आफ्नो एल्बममा समावेश गरेका हुन् । गीत अनुसार भिडियो उत्कृठ रहेको छ । कलाकारले गीतलाई सम्मान गरेका छन् ।
हरि हुमागाईको छायाङ्कन रहेको म्यूजिक भिडियो वयोदा अस्पताल परिषर र हायत होटलमा छायाङ्कन गरिएको छ । वाइट प्लस प्रोडक्सनले तयार पारेको भिडियोलाई सुरज श्रेष्ठले नै सम्पादन गरेका छन् । गीतको शब्द अनुसार मोडेल केकी र सुवासले गरेको अभिनयले धेरै दर्शकको मन छुन सफल भएको छ ।

0 comments

Write Down Your Responses