नेपाली हिरोको टाउको जोडियो हलिउड हिरोको शरीरमा

पोष्टर सार्वजनिक गरे लगतै नेपाली चलचित्र ‘उर्वशी’ विवादमा परेको छ । चलचित्रको पोष्टर एक हलिउड सिनेमाको पोष्टरबाट चोरिएको छ । हलिउड चलचित्र ‘स्निच’का नायकको शरीरमा किशोर खतिवडाको टाउको जोडिएको छ । हलिउड नायक तथा रेसलर वाने डागलेस जोनसनको शरीरमा खतिवडाको टाउको जोडेर चलाखी गरिएको छ ।



अब यसलाई प्रभावित भन्ने या चोरी छुट्टयाउने जिम्मा पाठकलाई नै ।

0 comments

Write Down Your Responses