‘सासु ससुराले मेरो पत्नी खोसेर अर्कैसँग बिहे गरिदिए’

मेरो नाम प्रभाकर भण्डारी (नाम परिवर्तन) हो । घर काभ्रे नालामा पर्छ । म अहिले जापान आएको डेढ बर्ष भयो । घर काभ्रे भए पनि म सानैदेखि काठमाण्डौ बस्थें । चाबहिलमा रहेको पशुपति विद्यालयमा पढ्थे । कक्षा सातदेखि नै मेरो एक जना गोरखाकी युवतीसँग प्रेमसम्बन्ध थियो ।



कक्षा ७ पढ्दादेखि नै उनीसँग मेरो प्रेमसम्बन्ध हो । जापान आउनु भन्दा अघि म १६ महिना साउदी अरब पनि गएको थिएँ । बिदेश बसाइका बेला पनि उनीसँग दिनहुँ फोन, फेसबुक लगायतबाट सम्पर्क भइ नै रहन्थ्यो । पछि काठमाण्डौंमा सानो व्यापार गरेर बसिरहेको थिएँ । जे होस सुख दुःख राम्रै चलिरहेको थियो ।

जापान एप्लाइ गरे । नभन्दै जापानको भिसा पनि लाग्यो । १३ बर्षसम्म उनीसँग माया प्रेम भएपनि औपचारिक रुपमा बिहे भने भएको थिएन । जापान आउने १० दिनअघि उनी र मैलै अदालती विहे गरेर जिल्ला प्रशासन काभ्रे र गाविसमा दर्ता गरयौं । यो दुबै परिवारको समझदारीमा भएको थियो । यति हुँदा पनि मैले उनलाई घर लिएर आएको थिएन । उनी माईतमा नै थिईन् म जापान आए ।

उनी र उनका परिवारसँग सम्पर्क भइ नै रहन्थ्यो । म जापान आएको ६ महिनापछि उनी र उनका परिवारले मलाई गन्न छाडे । मेरो वास्ता गर्न छाडे । पछिल्ला दिनमा हेप्ने गर्दथे । नभन्दै मलाई सम्बन्ध विच्छेद गर्ने भन्दै र उनका परिवारले दबाब दिन थाले । म जापानमा छुँ तर उनीहरु डिभोर्स दे भन्छन् । यस्तो भएपछि मेरो दिमागले काम गर्न छाडे जस्तो हुन्थ्यो ।

नेपालमा नै भएको भए केही उपाय निकाल्थें । जापानबाट मैले के नै गर्न सक्छु र । हरेक दिन डिर्भोसको कुरा गदर्थे, उनीहरु । मैलै ‘बिवाह त बल्ल भयो तै पनि कागजमा मात्र म नेपाल आएर समस्या समाधान गरि दिन्छु’ भने । तर, उनीहरुले मान्दै मानेन् ।

म कसैलाइ थाहा नदिई १८ दिनको बिदा मिलाएर नेपाल गएँ । घरमा पनि गईन उनकै घरमा गए । कुरा गरे । उनीहरुले पनि रामैसँग कुरा गरे । डिर्भोस चाहिने कुरा दोहोरयाई रहे । मैले कत्ति संझाएँ । उनीहरुले मान्दै मानेन् ।

मलाई थाहा थियो म माथि चाल चालिदैछ । मैले सोचे डिर्भोसपछि त सबै सकिई हाल्यो नी । केहि नलागेपछि अन्नतः मैले डिर्भोस दिएँ । सबै कागजात तयार नै बनाएर राखेका रहेछन् । म फेरी जापान आएँ । म सम्पर्कमा बसिन ।

एक दिन आमाले फोन गरेर भन्नुभयो,‘बाबु बुहारीको त अमेरिकामा बस्ने केटासँग असार २२ गते बिहे हुदैछ रे !’ मलाइ तनाब भयो । १३ बर्षदेखिको माया प्रेम व्यर्थ झै लाग्न थाल्यो । अनि कमलालाई फोन गरें । उ पनि बोल्न नसक्ने अबस्थामा थिईं । केहि बोलिन ।

म सायद नेपालमा नै भइदिएको भए मेरो कमला मसँगै हुन्थी होली, म साता समुन्द्रपारी अर्काको देशका दुख गरेर बसिरहेको छुँ । म भन्दा उसलाई अमेरीका प्यारो भएछ । यति बाहेक मेरो कुनै गुनासो छैन । यो कुराले कसैलाई असर नगरोस तर सबै व्यक्ति सचेत हुन पर्छ भन्ने सन्देश जाओस भन्नका लागि यो कुरा लेखेको हुँ । मरो बुझाईमा सासु ससुराले पत्नि खोसेर अर्कैसँग बिहे गरि दिएँ ।

(लेखकको आग्रहमा उहाँको नाम परिवर्तन गरिएको छ भने प्रतिष्ठामा आँच नआओस भनेर युवतीको नाम उल्लेख गरिएको छैन —सम्पादक)

1 comments

bad luck bro k garu jendagi yasti ho

Write Down Your Responses