३३ दलले आमहड्तालसहितका आन्दोलन घोषणा गर्दै

१० असोज, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनावलाई लक्षित गर्दै आमहड्तालसहितका आन्दोलन घोषणा गर्दैछ ।




त्यसका लागि अहिले अपराहृन ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ ।माओवादी पार्टी कार्यालय बुद्धनगरमा जारी ३३ दलको बैठकले मतदानलाई प्रभावित पार्ने गरी कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्तालको घोषणा गर्ने निर्णय गरेको छ । यस्तै चार दलका शीर्ष नेताहरुलाई लेण्डुप दोर्जे घोषणा गर्दै उनीहरुको पुत्ता जलाउने लगायतका कार्यक्रम तय भएको एक नेताले बताएका छन् ।

0 comments

Write Down Your Responses