बाँदरले च्वाप्पै समायो महिला पत्रकारको स्तन : टेलिभिजन हेर्नेलाई लाज (भिडियो सहित)

नेपालका बाँदरले गाउँघरतिर खेतबारीका बालीनाली चोरेर हैरान बनाउँछन् त सहरतिर पनि मान्छेलाई दुख दिन्छन् । तर अहिलेसम्म नेपालका बाँदरले युवतीका वक्षस्थल ताकेको घटना सुन्न पाइएको छैन । नेपालका बाँदरले युवतीका वक्षस्थलमा आँखा लगाउने आइडिया नसिकेर के भो ? अमेरिकाका बाँदर भने यो कुरामा पोख्त भैसकेछन् । एक टेलिभिजन पत्रकार युवतीको स्तनमा एउटा बाँदरले हात हालेपछि यो कुरा प्रमाणित भएको छ की अमेरिकी बाँदर अब यौनको मामिलामा मान्छेलाई पनि पछि पार्दैछन् ।



अमेरिकाको क्यालिफोर्नियास्थित लोडी ग्रेप पर्वको विषयमा टेलिभिजन रिपोर्टको छायांकन गरिरहेका बेला सबरिना रोडि्रगेज नामकी पत्रकार युवतीलाई बाँदरको एक प्रजाति बबूनले वक्षस्थलमा समाएको हो ।

फक्स ४० टेलिभिजनमा लाइभ रिपोर्टिङ गरिरहेका बेला बाँदरले एक्कासी आएर आफ्नो दाहिने स्तनमा समाएपछि उनी सुरुमा त झसँग भइन् । तर त्यो दृश्य टेलिभिजनमा समेत लाइभ प्रशारण भैरहेको हुनाले उनी संयमित भइन् । उनले बाँदरले आफ्नो स्तन समाएको कुरालाई ठट्यौली पारामा प्रस्तुत गर्दै भनिन्, ‘उसले पनि केही अनुभव गर्न खोजिरहेको छ।’



केहीबेर अनुभव लिएर आफ्नो स्तनबाट हात हटाउला भन्ने उनको आशा थियो । तर मिकी नामको त्यो बाँदरले भने मरिगए छोडेन । निकै मज्जा आएको जस्तो गर्दै उसले मुस्कान छरेजस्तो गरी दाँत देखाएर पत्रकार महिलाका वक्षस्थल समाइरह्यो । बाँदरको त्यो बदमासीबाट हार खाँदै ती पत्रकारले आखिर आफ्नो लाइभ रिपोर्टिङलाई विसर्जन गर्नुपर्यो । उनले अन्त्यमा भनिन्,’हामी केहीबेरपछि बबूनले किन अंगुर मन पराउँदो रहेछ भन्ने कुराको जानकारी लिएर आउनेछौँ ।’

हुनत त्यो बाँदर आफै ती महिला पत्रकार सँग आएको भने होइन । लाइभ प्रसारणको क्रममा उनले सुरुमा त्यो मिकी बाँदरको परिचय गराउँदै उससँग हात मिलाएकी थिइन् । हात मिलाएपछि त्यो बाँदर उनको पछाडितिर गयो, उनको काँधमाथि हात बढायो र अन्त्यमा उनको दाहिने वक्षस्थल च्वाप्पै समायो ।

,

0 comments

Write Down Your Responses