फेसबुकले मुकुन्दे जेलमा

काठमाडौं, १७ असार । फेसुबकमा गृहमन्त्री वामदेव गौतमलाई गाली गर्दा इलाका प्रशासन कार्यालय लाहनका अधिकृत राजु साह पक्राउ परे । प्रहरीलाई गाली गर्दा सप्तरीका अब्दुल रहमान २० दिन थुनिए । फेसबुककै कारण राजधानीमा एक ‘गफाडी सेलिब्रेटी’ व्यक्ति पक्राउ परेर छुटेको समाचार भने गुपचुप बन्यो । रत्नपार्कभित्र रुखमा चढेर भाषण दिने मुकुन्दे (मुकुन्द घिमिरे) एक तहका सेलिब्रेटी नै हुन् । आजभोलि उनी त्यति रत्नपार्कमा भेटि“दैनन् । फेसबुकमा अपाच्य र अश्लील ‘स्टाटस’हरू लेखेर दिन कटाउने गरेका छन् । त्यही फेसबुकका कारण मुकुन्देले २६ दिन हनुमानढोकाको हिरासतमा बिताउनुपरेको छ । नेपालको झण्डालाई तोडमोड गरी फेसबुकमा प्रचार गरेको कारण उनी पक्राउ परेका हुन् । हनुमानढोका स्रोतका अनुसार अहिलेको झण्डाले देश अघि बढ्न नसकेकाले आफूले झण्डा परिवर्तन गरेको उनले बताएका थिए । पछि अदालतबाट उनी धरौटीमा छुटेका थिए । हिरासतको हावा खाएपनि उनी सुध्रिएका छैनन् । फेसबुकमा जातीय कलह ल्याउने र गालीगलौचपूर्ण स्टाटसहरू राख्दै आएका छन् । -

, ,

0 comments

Write Down Your Responses