उमेद्वारी दर्ताका दिन यातायात बन्द गर्ने लिम्बुवानको घोषणा

११ असोज, मोरंग । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाको एक घटकका रुपमा रहेको मञ्चसम्वद्ध संघीय लिम्बुवान राँय परिषदले आगामी मंसिर ४ मा हुने निर्वाचन बिथोल्नका लागि विभिन्न संघर्षका कार्यक्रम अघि सारेको छ ।

लिम्बुवानद्वारा घोषित संघर्षका कार्यक्रमअन्तरगत असोज १७ गते उमेद्वारी मनोनयन गर्ने दिन पूर्वी नेपालका ९ जिल्लामा सडक यातायात बन्द गर्ने परिषदका अध्यक्ष कुमार लिङ्देनले विज्ञप्तिमार्फत् जनाएका छन् । उमेद्वार मनोनयनलाई अवरोध गर्ने उद्देश्यले बेलुका ४ बजेसम्म ताप्लेजुङ, पााचथर, इलाम, झापा, मोरंग, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात चल्न नदिने लिम्बुवानले घोषणा गरेको छ ।

त्यसैगरी कार्तिक २ गतेदेखि उमेद्वारहरुलाई गाउा प्रवेशमा रोक लगाउने र चार दलका शीर्ष नेताहरु जिल्लामा आए भने जिल्ला बन्द गर्ने परिषदले जनाएको छ । त्यसैगरी कार्तिक ७ गते उर्लाबारीदेखि दमकसम्म मार्चपास गर्ने र कार्तिक ११ गते नौ जिल्ला बन्द गर्ने घोषणा गरिएको छ । परिषदसमेत आवद्ध रहेको ३३ दलीय मोर्चाले चुनाव हुन नदिन कात्तिक २५ देखि मंसिर ५ सम्म १० दिन आम हड्तालको घोषणा गरेको छ ।

0 comments

Write Down Your Responses