हेलिकप्टरका चालक र यात्रुलाई उपचारका लागि काठमाडौं ल्याइयो,कसरि भयो त दुर्घटना? (हेर्नुस पुरा भिडियोसहित)

काठमाडौं, १० असोज । (अपडेट) सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा बिहीबार बिहान दुर्घटनामा परी घाइते हुनुभएका एयर डाइनेस्टी हेलिसर्भिसेसको हेलिकोप्टरका चालक क्याप्टेन अरुण मल्ल र यात्रु दावाग्याल्जेन शेर्पालाई यहाँको वयोधा अस्पतालमा भर्ना गरिएको छ । सो कम्पनीको ९एन–एइएक्स(एएस–३५०)हेलिकप्टर अवतरणका क्रममा आज बिहान ८:२० बजे दुर्घटनामा पर्दा घाइते हुनुभएका उहाँहरुलाई लुक्ला विमानस्थलमै रहेको एयर डायनेस्टीकै अर्को हेलिकप्टर ९–एजियुद्वारा तत्काल उद्धार गरी स्थानीय अस्पतालमा पुर्याइएको र प्राथमिक उपचारपछि बिहान १०: २५ मा यहाँको अस्पतालमा ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निमित्त महाप्रबन्धक नरेन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।



काठमाडौं विमानस्थलबाट बिहान ७:२८ बजे सोलुखुम्बुका लागि उडान भरेको सो हेलिकप्टरमा तीन यात्रु लाक्पासोनाम शेर्पा, अनिता शेर्पा र दावाग्याल्जेन सवार थिए ।

,

0 comments

Write Down Your Responses