यौन चाहानालाइ पुरा गर्ने तरिकाहरु

मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासको अत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनि यौन इच्छा बढाउन सहयोग गर्छ ।



पुरुषमा सहवासको क्षणः लिङ्ग उत्तेजनाः प्यारासिम्प्याथेटिक स्नायुले मानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ । नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगत प्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकी लिङ्ग फुली ठूलो हुन्छ ।

रस उत्पादनः चिप्लो पदार्थमा म्युकस प्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन र बल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ । यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।

वीर्य स्खलनः यौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमा स्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्य स्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नै पुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्न करिव पुनः २०/३० मिनेट हुन्छ ।

महिलामा यौन कार्यको लक्षणः

यौन कार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ । यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ । महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकता थपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशील स्नायु हुन्छन् ।

यौन उत्तेजना एवं यौन रस उत्पादनः

यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुने मांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नै गर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाई पूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिकको सूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकस वार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।

यौन चरमोत्कर्षः

पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिका मांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर यो अलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघर हुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसित भएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ । परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विना हिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ ।

यौन रोग के हो ?

सामान्यता यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई यौनरोग भनिन्छ । यस्तो रोग सूक्ष्म व्याक्टेरिया, भाइरस, फङ्गाई, प्रोटोजोवा एवं परजीवीले हुन सक्छ । यौनरोग लागेमा यौनाङ्गमा घाउ खटिरा आउने, यौनीबाट मैलो सेतो पानी बग्ने, लिङ्गबाट पिप आउने तथा महिलामा तल्लो पेट दुख्ने आदि समस्या देखापर्छ ।

बचावट ?

१.असुरक्षित यौन सम्पर्कबाट टाढा रहने, कण्डमको प्रयोग गर्ने । यो नै सबैभन्दा बढी उत्तम एवं भरपर्दो उपाय हो ।

२.यौन कार्य केवल श्रीमान्–श्रीमतीसँग मात्र गर्नु पर्छ ।

३.एड्स लागेको विरामीबाट रगत लिनु हुँदैन । निर्मलीकरण गरेको सुई मात्र प्रयोग गर्नु पर्छ ।

४.सदा सफा–सुग्घर रही यौनाङ्ग पनि सफा गर्नु पर्छ । यौन रोगको प्रभावले नपुंसक पनि हुन सकिन्छ वा मृत्युनै हुन पनि बेर लाग्दैन । हेपाइटिस बीको सुई लिंदा उत्तम हुन्छ । समस्या आइपरे चिकित्सकको सल्लाह लिन कति पनि हिच्किचाउनु हुँदैन । एड्स र हेपाटाइटिस (कमलपित्त) बी बाहेक अरु रोग उपचारबाट निको पार्न सकिन्छ ।

0 comments

Write Down Your Responses