जोरपाटीमा गोली चल्यो

११ असोज, काठमाडौं । काठमाडौंको जोरपाटीमा गोली चलेको छ । मोटरसाइकलमा आएका युवाहरुले चलाएको गोली लागी भारतीय नागरिक मोहम्मद समसुल्लाह घाइते भएका छन् ।
उनको खुट्टा र पेटमा २–२ गोली लागेको छ । उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धान भइरहेको बौद्ध प्रहरी प्रमुख डीएसपी मनोजकुमार केसीले जानकारी दिनुभयो ।

,

0 comments

Write Down Your Responses