कपालले आधा क्विन्टलको मान्छे उचालेर महिलाले राखिन् विश्व किर्तिमान (भिडियो सहित)

आफ्नो कपालले आधा क्विन्टल भन्दा बढि तौलको मान्छेलाई जुरुक्कै उचालेर एक महिलाले विश्व किर्तिमान कायम गरेकी छिन् । बेलायतकी ती महिलाले ५३.४ किलो तौलको मान्छेलाई कपाल मात्रैले थामेर गिनिज बुकमा नाम लेखाउन सफल भएकी हुन् ।

इटालीको एक टेलिभिजन शो मा उनले आफ्नो यस्तो क्षमता प्रदर्शन गरिन् । जोन्ना साविका नामकी ती महिला एनास्टासिया चौथोको नामले चिनिन्छिन् र उनले यसअघि वैज्ञानिक बन्ने उद्धेश्यका साथ जैविक रसायन शास्त्र विषय पढेकी थिइन् ।



तर जब उनी सर्कस हेरिन् तब पढाइप्रतिको उनको मोहभंग भयो । उनले सर्कसमै जागिर खानका लागि एक सर्कसमा आवेदन गरिन् । उनले सर्कसका मालिकलाई आफ्नो बलवान कपालका बारेमा बखान गरिन् । उनलाई आफ्नो कपाल निकै बलियो छ भन्ने कुरा पहिले नै हेक्का रहेछ । त्यसैले उनले सर्कसमा काम पनि पाइन् ।

ती युवतीले स्कुलमा पढ्दाखेरी नै डोरी तान्ने प्रतियोगितामा केटाहरुलाई हराउँथिन् । उनले त्यसबेला हातले होइन कपालमा गाँठो पारेर डोरी तान्थिन् । इटालियन टेलिभिजन शो मा उनले आफु उल्टो परेर झुण्डिएर आफ्नो कपालमा एक अर्की महिलालाई झुण्डाएकी थिइन् ।

भिडियो हेर्नुहोस्

,

0 comments

Write Down Your Responses