कोरिया पुगेर मनाए धुर्मुसले जन्मदिन

कोरियन पर्व छुसकको अवसरर पारेर आयोजना गर्न लागिएको सांकृतिक कार्यक्रममा सहभागी हुन कोरिया पुगेका हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले जन्मदिन मनाएका छन् । उनको ३० औं जन्मदिनको अवसरमा कलाकार तथा धुर्मुस पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ले केक काटेकी थिइन् ।



झापा मिलन समाज कोरियाले झापाली भूमिबाट उदाएका कलाकारहरुलाई गर्दै आएको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई निरन्तरता दिंदै कट्टेल दम्पत्तीलाई निम्त्याएको हो । केक काट्नु अघि धुर्मुसलाई जन्मदिन मनाउने बिषयमा कुनै जानकारी दिइएको थिएन । कार्यक्रममा बोल्दै धुर्मुसले प्रवासी नेपालीहरुसँग जन्मदिन मनाउन पाउँदा निक्कै खुशी लागेको बताए ।

0 comments

Write Down Your Responses