परीक्षार्थीलाई र्दुव्यवाहार गर्ने शिक्षक पक्राउ

रौतहट, १० असोज । परीक्षामा सामेल भएकी एक छात्रालाई र्दुव्यवाहार गरेको आरोपमा जुद्ध क्याम्पस गौरका एक शिक्षकलाई प्रहरीले प्रक्राउ गरेको छ । व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकतहको परीक्षामा सामेल भएकी ती छात्रालाई परीक्षाहलमा नै अनावश्यक तनाव दिएको तथा जिस्काएको आरोपमा शिक्षक बच्चाबाबु महतोलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । ती शिक्षकले अनावश्यक तनाव दिन थालेपछि छात्राले क्याम्पस भवनको दुईतला माथिबाट हाम्फाल्ने प्रयाससमेत गरेकी थिइन् ।



छात्रामाथि दव्र्यवहार भएको खबरले आक्रोशित बनेका विद्यार्थीले क्याम्पस परिसरमा नाराबाजी गर्दै दोषी शिक्षकलाई कारबाहीको माग गरेका थिए । विद्यार्थी आक्रोशित बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी प्रहार गरेको थियो ।

पीडित छात्राले शिक्षक महतोले आफूलाई परीक्षाको पहिलो दिनदेखि नै विभिन्न बहानामा जाँच गर्ने गरेको, कुनै पनि हालतमा उत्तीर्ण हुन नदिने धम्की दिएको तथा आफू परीक्षा दिइरहेको कक्षाकोठामा अनावश्यक रुपमा आएर मानसिक तनाव दिने गरेको प्रहरी सामु बताएकी छिन् ।

0 comments

Write Down Your Responses