अबैध रुपमा इराक पुगेका हजारौं नेपाली जोखिममा

१० असोज, काठमाण्डौं । युद्धपछि पुर्ननिर्माण अभियानमा जुटेको इराकमा हजारौं नेपाली कामदरा दलालबाट बेचिएको निष्कर्ष इराक हेर्ने नेपाली दूतावासले निकालेको छ । इराकमा अहिले कति नेपाली छन् भन्ने एकिन तथ्यांक नभए पनि ३० हजार नेपाली कामका लागि त्यहाँ पुगेको अनुमान छ ।



यी सबै अवैध रुपमा त्यहाँ पुगेका हुन् । इराकमा कामका लागि जान सरकारले स्वीकृति दिएको छैन् । अवैध रुपमा इराक पुग्ने नेपाली दलालबाट पहिले नै बेचिने हुनाले कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य हुने गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

इराकमा अहिले ध्वस्त संरचना पुर्ननिर्माण भइरहेको छ । इराकसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेलले टेलिफोनमा भने, ‘अधिकांश नेपाली बेचिएको अवस्थामा छन् । उनीहरु अत्यन्त असुरक्षित छन् ।’ उनले दुई साताअघि इराक पुगेर कार्यबाहक राष्ट्रपति खुदिर अल खुजाइलाई ओहोदाको प्रमाणपत्र बुझाएका थिए । १० दिन त्यहाँ बसेर उनले नेपालीका समस्याबारे अध्ययन गरेपछि उनीहरु असुरक्षित र जोखिमपूर्ण काम गर्न बाध्य भएको निष्कर्ष निकालेका थिए ।

0 comments

Write Down Your Responses