रणबीर–कट्रिना विवाह नै नगरि हनिमुनमा ?

एजेन्सी)–आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्न नरुचाउने बलिउडका चर्चित कलाकार रणबीर कपुर र कट्रिना कैफको सम्बन्धका बारेमा थुप्रै समाचारहरु सार्वजनिक भइसकेका छन् । 
खबरका अनुसार दुबै कलाकार आफ्नो फिल्म ‘जग्गा जासुस’ को सुटिङका लागि दक्षिण अफ्रिकाको फिक्सवर्गमा छन् र उनीहरुले पछिल्ला दिनहरुमा एक हनिमुन कटेजमा रात बिताएका छन् । वास्तवमा समाचार के हो भने, शुटिङपछि रणबीर र कट्रिना घुम्नका लागि बाहिर निस्किए तर घुम्दा–घुम्दा दुबैजना यति टाढा पुगे कि उनीहरु त्यहाँबाट फर्किन सक्ने अवस्थामा थिएनन् । त्यसकारण उनीहरुले फिक्सवर्गको एक होटलमा दुई अलग कोठा लिएर रात बिताएको बताइएको छ तर पछि थाहा भयो कि जुन होटलमा उनीहरु बसेका थिए त्यो एक हनिमुन कटेज भएको जहाँ जोडि मात्र बस्ने अनुमती दिइन्छ । -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

, ,

0 comments

Write Down Your Responses