मलेसियाका दर्शक रिझाउन नायिकाहरुको छमछमी (फोटो फिचरसहित)

कात्तिक २३ गते मलेसियामा आयोजना हुन लागेको ‘छैटौ नेफ्टा फिल्म अवार्ड’को तयारी अहिले बेजोड रुपमा भइरहेको छ । कलाकारहरुले करिब १ महिना लामो नृत्य तयारीलाई दशैसम्मका लागि विश्राम लगाएका छन् । मंगलबारबाट दशैसम्मको लागि कलाकारहरुको नृत्य तयारीलाई विश्राम लगाइएको चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए ।



मलेसियामा अवार्ड आयोजना हुने भएकाले पनि आयोजकले पुराना गीतहरुलाई बढि महत्व दिएको छ । विशेषगरी नेपाली सिनेमाका चर्चित पुराना गीतहरुमा नायिका करिश्मा मानन्धर, झरना थापा, निरुता सिंह, नन्दिता केसी, सौजन्य सुब्बा, हषिर्का श्रेष्ठ, अशिष्मा नकर्मी, केकी अधिकारी, नम्रता श्रेष्ठ, बेनिशा हमाल, पि्रयंका कार्की लगायतले नृत्य गर्नेछन् । नायिकाहरुको तुलानामा नायकहरुको संख्या केही कम छ । नायकतर्फ सविन श्रेष्ठ, यशराज, गजित बिष्ट, गौरब पहाडीले नृत्य गर्नेछन् ।



सम्पूर्ण गीतलाई नृत्य निर्देशकद्धय गोविन्द राई र कमल राईले कोरियोग्राफी गरेका छन् । दशै लगतै नृत्यको तयारी फेरी सुरु हुनेछ । चलचित्र प्राविधिक संघका अनन्त तिमिल्सिना, प्रकाश महरा, प्रकाश हमाल, पुष्कर लामा लगायतका सदस्यहरु पनि अवार्ड सफल बनाउन सक्रिय रुपमा लागेका छन् ।

करिब १ सय जना कलाकारहरुको टोली अवार्डका लागि कात्तिक २१ गते मलेसिया प्रस्थान गर्नेछ ।

0 comments

Write Down Your Responses