चीनमा भयो चमत्कार : युवकको निधारमा नाक पलायो

एक जना २२ वर्षे ठिटोको निधारमा नाक पलाएको छ । त्यो पनि उल्टो नाक । त्यो निधारको नाकलाई अब डाक्टरहरुले काट्नेछन् र खास नाक हुने ठाउँमा लगेर राखिदिनेछन् । जियाओलियान नामका ती युवकको निधारमा आफै नाक पलाएको भने होइन । उनको प्राकृतिक नाक दुर्घटनामा परी काम नलाग्ने भएपछि त्यो स्थानमा नयाँ नाक प्रत्यारोपण गर्नका लागि डाक्टरहरुले निधारमा नाकको विकाश गरेका हुन् । फुजियान प्रान्तको फुझोउ अस्पतालमा उपचार गराइरहेका यी युवकको निधारमा पूर्ण विकशित नाक उमार्न वैज्ञानिकहरु सफल भएका छन् ।



सन् २०१२ मा सडक दुर्घटनामा परेर उनको सक्कली नाकमा गम्भीर घाउ लागेको थियो । त्यसपछि उनको नाकमा नराम्ररी संक्रमण फैलियो र झण्डै काम नलाग्ने भयो । पूरानो नाक काम नलाग्ने भएपछि डाक्टरहरुले ती युवकको निधारमा नयाँ नाक विकाश गरेका हुन् ।

सरीरको अन्य भागबाट तन्तुहरु लगेर विशेष प्रविधिद्वारा ठ्याक्कै नाकको आकारमा ढालेर निधारमा नाकको विकाश गरिएको छ । त्यसमा उनको करङबाट कुरकुरे हड्डी समेत लगिएको थियो । निधारमा पूर्ण स्वस्थ तथा विकशित नाक बनिसकेको छ । अब पूरानो नाक पूरै हटाएर त्यो ठाउँमा निधारको नाक लगेर प्रत्यारोपण गर्ने लक्ष्य डाक्टरहरुको छ ।

0 comments

Write Down Your Responses