तरुनीसँग पर्याप्त उत्तेजना भरेर यौनक्रिडा गर्ने उद्देश्यले आवश्यकता भन्दा धेरै भियग्रा खादा काटियो ६६ वर्षीय बुढाको गुप्तांग

तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने ठिकै रहेछ । ६६ वर्षको उमेरमा समेत मानिसलाई तन्नेरीको जोस देखाउने भुतले समात्दो रहेछ र उस्तै यौन आकांक्षा हुँदो रहेछ । उमेर घर्किएपछि तन्नेरीमा जस्तो जोस कहाँ हुन्छ र ? तरपनि एक वृद्धले प्रसस्तै यौनवर्धक औषधी भियग्रा खाएर आफ्नी गर्लफ्रेण्डसँग रासलीला गर्ने प्रयास गरे । तर विचरा उत्तेजना ल्याउनका लागि खाएको भियग्राले उनको पुरुषत्व सधैका लागि गुम्यो, अर्थात् डाक्टरले उनको लिंग नै काटेर फालिदिनुपर्यो ।



कोलम्बियाका एक वृद्धको दुखद कहानी हो यो । पर्याप्त उत्तेजना भरेर गर्लफ्रेण्डसँग यौनक्रिडा गर्ने र गर्लफ्रेण्डलाई आफु जोसिलो तरुनो भएको भान पार्ने उद्धेश्यका साथ आवश्यकता भन्दा धेरै भियग्रा सेवन गरेका ६६ वर्षीय जेन्टिल रामिरेज पोलानिया नामका वृद्धलाई भियग्राले पार्नु फसाद पार्यो । भियग्राको सेवनपछि उनको लिंग उत्तेजनामा त आयो नै तर त्यस्तो उत्तेजना यौन सम्पर्कपछि पनि घटेन । धेरै दिनसम्म उनको लिंग उत्तेजित भइरह्यो र लिंगले शान्त हुनै मानेन । उनको गुप्तांग निकै दुख्यो पनि । अनि उनी अस्पतालमा जचाउन गए ।

शनिवार साँझ ७ बजे भियग्रा खाएका उनको नौ बजेदेखि नै लिंग सहनै नसक्ने गरी दुख्न थालेछ । उनी ९ बजेर छिमेकी गुहारेर अस्पताल पुगे । तर अस्पतालमा डाक्टरहरुले आफै ठीक भैहाल्छ भनि उनलाई फर्काए । तर घर आएपछि पनि उनको गुप्तांगको उत्तेजना र दुखाइ कम भएन । धेरै दिनसम्म स्थिति उस्तै भएपछि उनले अर्को अस्पतालमा जँचाउन गए । त्यहाँका डाक्टरहरुले भियग्राको अत्यधिक डोजका कारण लिंगको स्नायु र मांशपेशीमा समेत असर पुगेको र त्यस्तो असर सरीरका अरु भागमा समेत फैलिने खतरा रहेको भन्दै अब लिंग काटेर फ्याँक्नुको कुनै विकल्प नरहेको बताए । त्यसपछि डाक्टरहरुले शल्यक्रिया गरी उनको लिंग काटेर फ्याँकिदिए । साथै डाक्टरहरुले अब कहिल्यैपनि भियग्रा नखान उनलाई सल्लाह दिए । अहिले ती वृद्धको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।

0 comments

Write Down Your Responses